उम्मेदवार

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डम्बर सुवेदीको जन्म धनकुटाको अर्खौले जितपुर गाविस वडा नम्बर १ मा २०३१ साल चैत १० गते भएको हो । सूर्यप्रसाद र जानुका सुवेदीका छोरा डम्बरका एक छोरा र एक छोरी छन् । २०४८ सालमा धनकुटाकै ज्योति मिलमा काम गर्दा उहाँ अखिल नेपाल ट्रेड युनियन महासंघमा सदस्य बन्नुभएको थियो । २०५४ सालमा मिलको काम छोडेर उहाँ भूमिगत हुनुभयो । भूमिगत कालमै ०५८ सालमा नेकपा माओवादीको धनकुटा जिल्ला सेक्रेटरी, २०५८ सालमा माओवादी लडाकुको कम्पनी कमिसार, बटालियन कमिसार हुँदै ब्रिगेड कमिसार हुनुभयो । २०६३ सालमा माओवादी शान्ति प्रकृयामा आएपछि उहाँ नेकपा माओवादी, सुनसरी जिल्लाको सेक्रेटरी, २०६४ सालमा जिल्ला इञ्चार्ज, २०६५ सालमा मजदुर जिल्ला कमिटी इञ्चार्ज हुनुभयो । काठमाडौंको भृकुटीमण्डपमा भएको एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठक पछि सुनसरी संयोजक भएका सुवेदी हाल केन्द्रीय सदस्य हुनुहुन्छ । २०७० सालको चुनावमा सुनसरी ६ बाट पराजित सुवेदी यसपटक २ नं क्षेत्रबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू