उम्मेदवार
मञ्जु चौधरीको जन्म २०३० कात्तिक १८ गते हटिया २ ज्यामिरे, उदयपुरमा भएको हो । उहाँका बुबाको नामा भोलानाथ र आमाको नाम नर्वदा चौधरी हो । चौधरीले प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । २०७० सालको दोश्रो संविधानसभा चुनावमा उहाँ उदयपुरको क्षेत्र नं २ बाट निर्वाचित हुनुभयो । उहाँले नेपाली कांग्रेसकी नेतृ प्रमिला राईलाई २२ मतले पछि पार्नु भएको थियो । विजयी चौधरीले ७ हजार ५ सय ३४ मत ल्याउनु भएको थियो । २०४५ सालदेखि अनेरास्ववियूबाट राजनीति सुरु गरेकी मञ्जुले २०४७ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गर्नुभएको थियो । २०४९ सालमा अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन आयोजक कमिटी सचिव भएकी चौधरी २०६४ सालमा अनेमसंघको जिल्ला अध्यक्ष हुनुभएको थियो । अनेमसंघको छैटौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा चयन भएकी चौधरी २०५५ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य बन्नुभयो । उहाँ अनेमसंघको अञ्चल सचिव र नेकपा एमाले जिल्ला कमिटी उदयपुरको उपाध्यक्ष समेत हुनुभएको छ ।
थप उम्मेद्‌वारहरू