उम्मेदवार
नारायण बहादुर कार्कि नेपाली कांग्रेस

नारायणबहादुर कार्कीको जन्म २००५ साल फागुन ९ गते उदयपुरको पञ्चवतीमा भएको हो । उहाँका दुई छोराछोरी छन् । कार्कीले शिक्षा संकायबाट स्नातक गर्नुभएको छ । ३ वर्ष शिक्षण पेशा गरेका कार्की त्यसपछि राजनीतिमा लाग्नुभएको थियो । उहाँ २०४६ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य, ०५८ सालमा पार्टी जिल्ला सभापति तथा महासमिति सदस्य हुनुभयो । कार्की २०६४ सालको संविधानसभा चुनावमा उदयपुर क्षेत्र नम्बर ३ बाट नेकपा माओवादीका मोहनबहादुर खत्रीसँग पराजित हुनु भएको थियो । खत्रीले १४ हजार ७ सय ७५ मत प्राप्त गर्नुभएको थियो भने कार्कीले ९ हजार १ सय ४ मत प्राप्त गर्नुभएको थियो । तर दोश्रो संविधान सभाको निर्वाचन २०७० मा यही क्षेत्रबाट उहाँ १२ हजार ५ सय ५० मत ल्याएर विजयी हुनुभयो ।

थप उम्मेद्‌वारहरू