उम्मेदवार
रामदेव साह(तेली) नेपाली कांग्रेस
नेपाली कांग्रेसका जिल्ला सदस्य रामदेव साह तेलीको जन्म २०१६ सालको असार २५ गते सप्तरीको तिरहुत गाउँपालिका –४, मा भएको हो । उहाँले व्यवस्थापन संकायमा स्नातक गर्नु भएको छ । २०३२ सालमा पवी मावि राजविराजबाट एसएलसी दिएका तेलीले निर्मली कलेज दरभंङ्गाबाट स्नातक गर्नुभयो । २०३८ सालदेखि नेविसंघबाट उहाँले राजनीति सुरु गर्नु भएको हो । २०४८ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका तेली २०५४ सालमा महाधिवेशन प्रतिनिधि तथा जिल्ला कोषाध्यक्षमा निर्वाचित हुनु भएको थियो । २०४६ सालको आन्दोलनमा सक्रिय तेली २०६२÷०६३ को आन्दोलनमा पनि उतिकै क्रियाशील हुनुभयो । हाल उहाँ तिरहुत गाउँपालिका –४, मा बस्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू