उम्मेदवार
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको जन्म २०१६ साल पुष २५ गते सप्तरी जिल्लाको भागवतपुरमा भएको हो । धनीलाल र फुदनीदेवीका छोरा उपेन्द्र यादवका एक छोरा छन् । यादवले विज्ञान संकायमा स्नातकोत्तर र कानून विषयमा स्नातक गर्नु भएको छ । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका यादव २०३२ सालमा पार्टी राजनीतिमा लाग्नु भएको थियो । २०३२ सालदेखि २०३५ सालसम्म भूमिगत रहेका यादव २०४० र २०४२ सालदेखि २०४४ सालसम्म निर्वासनमा बस्नुभयो । उहाँ २०६४ सालको संविधानसभा चुनावमा सुनसरी क्षेत्र नम्बर ५ र मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको थियो । सुनसरीमा उहाँले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्नुभएको थियो । यादव पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा परराष्ट्र मन्त्री हुनुभयो । पार्र्टीमा यादव समुदायको व्यक्तिलाई मात्र अवशर दिएको उहाँमाथि बारम्वार आरोप लाग्ने गरेको छ । नेकपा एमालेबाट केहि समय राजनीति गरेका यादव पछि तत्कालीन नेकपा माओवादीको सम्पर्कमा पुग्नु भएको थियो । तर मधेश र मधेशी समुदायका बारेमा काम गर्नेगरी गैर सरकारी संस्थाका रुपमा मधेसी जनअधिकार फोरम गठन गर्नुभएको थियो । मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्न सफल भएपछि सोही संस्थालाई राजनीतिक स्वरुप दिइएको हो । मधेसी जनअधिकार फोरम र संघिय समाजवादी पार्टीबीच एकिकरण भएपछि यादवकै अध्यक्षतामा संघिय समाजवादी फोरम गठन भएको हो ।
थप उम्मेद्‌वारहरू