उम्मेदवार

नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य उमेशकुमार यादवको जन्म २०२७ साल असोज १५ गते सप्तरीको भारदह –९, मा भएको हो । किशुनदेव र लक्ष्मीदेवीका छोरा उमेशकुमारका २ छोरा छन् । उहाँले पाटन क्याम्पसबाट विज्ञान विषयमा स्नातक गर्नुभएको छ । २०४४ सालमा एसएलसी दिएपछि राजनीतिप्रति झुकाव राख्न थालेका उहाँले २०४६ सालको जनआन्दोनलमा राजविराज क्याम्पसबाट सक्रिय रुपमा सहभागिता जनाउनु भएको थियो । २०४८ सालमा सद्भावना पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्र्थी मञ्चको उपत्यका संयोजक बनेका यादवको २०५२ सालमा माओवादी कार्यकर्ताहरुसँग संगत भयो र उहाँ २०५५ सालमा पूर्णरुपमा माओवादीमा लाग्दै भूमिगत हुनुभयो । भुमिगत रहँदा लडाकु र पार्टी राजनीति दुवैतर्फ सक्रिय उहाँ लडाकुको बटालियन कमाण्डरसम्म हुनुभयो । उहाँले एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसिएलको केन्द्रीय सचिवालय सदस्य र वाइसिएलको मिथिला राज्य समितिको संयोजक भएर काम गर्नुभएको छ । २०६४ सालको संविधानसभा चुनावमा सप्तरी ३ मा परजित यादव २०७० सालको संविधानसभा चुनावमा ८ हजार ७ सय ४७ मत प्राप्त गरी विजय हुनुभएको थियो । पूर्व सिंचाई मन्त्री यादव हाल राजविराज नगरपालिकामा बसोबास गर्नुहुन्छ ।

थप उम्मेद्‌वारहरू