उम्मेदवार
दिनेश कुमार यादव नेपाली कांग्रेस

नेपाली कांग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवको जन्म २०१७ सालको मंसीर ५ गते सप्तरीको इटहरी विष्णुपुर ४ मा भएको हो । उहाँका बाबुको नाम देवनारायण यादव र आमाको नाम कौशल्यादेवी यादव हो । उहाँका २ छोरी छन् । उहाँले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । २०३२ सालमा नेविसंघ मार्फत राजनीतिमा प्रवेश गरेका यादव हाल नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापति हुनुहुन्छ । उहाँ २०३७ सालदेखि ०४८ सालसम्म नेविसंघ, सप्तरीको अध्यक्ष हुनु भयो भने पछि उहाँ नेविसंघको केन्द्रिय सदस्य पनि हुनुभयो । २०५४ सालमा उहाँ जिल्ला विकास समिति, सप्तरीको सभापति हुनु भएको थियो । २०६४ सालको संविधासभा चुनावमा सप्तरी ४ बाट पराजित भएका यादव २०७० सालको चुनावमा पनि यहि क्षेत्रबाट पराजित हुनुभयो ।

थप उम्मेद्‌वारहरू