उम्मेदवार
चन्द्रकान्त चौधरीले लामो राजनीतिक समय नेपाली कांग्रेसमा बिताउनु भएको छ । २००४ सालमा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जन्मिएका चौधरीले स्थानीय तहको चुनावदेखि नेपाली कांग्रेस छाड्नु भएको हो । स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले टिकट नदिएपछि डाक्नेश्वरी नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको थियो । तर, पराजित हुनु भएको थियो । फोरम नेपाल र राजपा गठबन्धनबाट उम्मेदबार बनेका चौधरीले आफ्नै भाइ ताराकान्त चौधरीसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको हो । ताराकान्त बामगठबन्धनबाट यहि क्षेत्रमा उम्मेदवार बन्नु भएको छ ।
थप उम्मेद्‌वारहरू