उम्मेदवार
तेजुलाल चौधरीको जन्म २०१९ साल असोज १४ गते सप्तरीको कल्याणपुरमा भएको हो । उहाँका बुबाको नाम सत्वन चौधरी र आमाको नाम नैनवती चौधरी हो । उहाँका तीन छोरी छन् । चौधरीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायबाट स्नातकोत्तर र शिक्षा संकायमा स्नातक गर्नुभएको छ । विद्यार्थी कालमा २०३६ सालमा नेविसंघमार्फत राजनीतिमा सक्रिय भएका चौधरी हाल नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । ललितपुरमा रहेको नाइटिङ्गेल स्कुल, नाइटिङ्गेल नर्सिङ क्याम्पस, ललितपुरको हाईभ्यू स्कूल, काठमाडौं शंखमुलको विराट बोर्डिङ स्कूलको अध्यक्ष भएका चौधरी राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुनुभएको थियो । उहाँ सत्वन चौधरी स्मृति ट्रष्ट, तेज एजुकेशन फाउन्डेसन र संकल्प महाविद्यालयको पनि अध्यक्ष हुनुभयो । यसैगरी प्याब्सन ललितपुर जिल्लाको उपाध्यक्ष र हिसानको केन्द्रीय सदस्य रहेका चौधरी भलिबलका पूर्व राष्ट्रिय खेलाडी समेत हुनुहुन्छ । २०७० सालको चुनावमा ७ हजार ९ सय ५९ मत ल्याएर विजयी हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू