उम्मेदवार
मृगेन्द्र कुमार सिंह यादव राष्ट्रिय जनता पार्टी नेपाल
२०१२ साल फागुन १२ गते सप्तरीको बोधेबसाईन १ मा जन्मेका यादव शत्रुघन प्रसाद यादव र जीवेश्वरी देवी यादवका छोरा हुनुहुन्छ । यादवले स्नातक पास गर्नुभएको छ । राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र २८ वर्षदेखि राजनीतिमा हुनुहुन्छ । २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार भएर उहाँले राजनीति सुरुभएको हो । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यको आठ महिना अवधि छँदै निधन भएपछि २०४२ सालमा भएको उपचुनावमा पराजित यादव २०४३ सालमा भने विजयी भएर राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएको थियो । २०४६ सालको अन्त्यतिर तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको सरकारमा यादव सहायक सिंचाई मन्त्री बन्नुभयो । राष्ट्रिय पञ्चायतको जलस्रोत समितिको सभापति भएर पनि यादवले काम गर्नुभयो । प्रजातन्त्रको पुनःस्थापना पछि उहाँ २०४८ सालमा स्वतन्त्र रुपमा चुनाव लड्नुभयो तर निकटतम प्रतिद्वन्द्वी भएर पराजित हुनुभयो । चुनावमा पराजय भएपछि यादव नेपाल सद्भावना पार्टीमा प्रवेश गर्नुभयो र २०४९ सालमा जिल्ला विकास समितिको सभापति लड्नुभयो । तर त्यसमा पनि उहाँ पराजित नै हुनुभयो । यादव सदभावना पार्टीका तर्फबाट २०५१ सालको मध्यावधि चुनावमा उम्मेदवार हुनुभयो र पराजित हुनुभयो । २०५६ सालमा भने हारको पूनरावृत्ति भएन । यादवले सद्भावना पार्टीका तर्फबाट संसद सदस्यको चुनाव जित्नुभयो । २०६४ सालमा मधेशी जनअधिकार फोरम, नेपालका तर्फबाट उम्मेदवार भएका यादव विजयी हुनुभयो । फोरम नेपाल फूटेपछि यादव विजयकुमार गच्छादार नेतृत्वको फोरम (लोकतान्त्रिक) तर्फ लाग्नुभयो र माधवकुमार नेपाल नेतृत्वको सरकारमा कृषि मन्त्री हुनुभयो । संसद र संविधान सभामा हुँदा यादवले विभिन्न समितिमा रहेर पनि काम गर्नुभयो । तर पछि गच्छदारलाई छाडेर उहाँ राजपामा जानु भएको हो ।
थप उम्मेद्‌वारहरू