नागरिक आवाज
मतदाता शिक्षाको लागि निवार्चन आयोगले करोडौ रुपैयाँ खर्च गरिरहेको छ । तर काठमाडौंकै धेरै मानिसलाई भोट कसरी हाल्ने भन्ने थाहा छैन । उपत्यका बाहिरको अवस्था कस्तो होला ? मतदान सही तरीकाले गरौं तपाईंको अमूल्य मत बर्बाद हुनबाट बचौं । यस्ता नारा तयार गरी बिभिन्न सञ्चार माध्यम र चोकचोकमा पर्दा टाँसेको पनि छ । तर यसको प्रभाव भने कमै देखिन्छ । यसमा निर्वाचन आयोगको पनि समयमा नै ध्यान पुगे हुन्थ्यो । भूपेन्द्र जिसी
भूपेन्द्र जिसी
विचार गरौँ है ! “नराम्रा नेता, मन्त्री र प्रधानमन्त्री ती राम्रा र भलाद्मी नागरिकले छान्छन, जो भोट दिनै जाँदैनन, वा जान अल्छी गर्छन !”
अमिर जोशी @amirjoshi
चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको विष्फोटमा परेर ज्यान गएको छ । नेपालमै रोजगारी गरेर, सुखदुःख गरेर २/४ हजार मात्रै भएपनि देशमै केही गरौं भनेर म्यादी प्रहरी भयो तर विडम्बना म्यादी प्रहरीको ज्यान जाँदा गृहमन्त्रालय पनि मौन छ र बम हान्ने समूह पनि । यो देशमा सुरक्षाकर्मीकै सुरक्षा छैन । खोई त गृहमन्त्रालय ? खोइ गृहमन्त्री ?
शालिग्राम पाण्डे, गुल्मी