उम्मेदवार

नेकपा एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादवको जन्म २०१८ सालको वैशाख १५ गते सिराहाको लहानमा भएको हो । उहाँले २०३७ सालमा अखिलमा आवद्ध हुँदै राजनीति सुरु गर्नु भएको हो । पार्टीको पञ्चायत उपयोग गर्ने नीति अनुसार प्रजातान्त्रिक एकता मञ्चबाट २०४३ सालमा बस्तीपुर गाउँ पञ्चायतको प्रधानपञ्च, २०५४ को स्थानीय निकायको चुनावमा बस्तिपुर गाविसको गाविस अध्यक्षमा निर्वाचित हुनु भएको थियो । २०४६ सालको जनआन्दोलनमा सक्रिय यादव २०६४ सालको चुनावमा क्षेत्र नं. १ बाट उम्मेदवार बन्नु भएको थियो । तर उहाँ तत्कालीन मधेशी जनअधिकार फोरमका लक्ष्मण महतोसँग पराजित हुनुभएको थियो ।

थप उम्मेद्‌वारहरू