उम्मेदवार
राजलाल यादवको जन्म २००२ सालमा सिरहा जिल्लाको इनरुवा गाविस –६, मा भएको हो । उहाँको बुवाको नाम अगमलाल यादव र आमाको नाम धनमन्ती यादव हो । नेपालबाट एसएलसी उत्तीर्ण गरेका यादवले भारतबाट आइए सरहको अध्ययन गर्नुभएको छ । पञ्चायती पृष्ठभूमिका यादवले २०२९ देखि ०४३ सालसम्म सिरहाको इनरुवा गाविसको प्रधानपञ्च भएर काम गर्नुभयो । २०४३ सालपछि जिल्ला विकास समितिको सभापति भएका उहाँ बहुदल आएपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुभयो । २०६४ सालमा मधेशी जनाधिकार फोरम, नेपालबाट मधेश आन्दोलनमा सक्रिय भएका यादव २०६४ सालको संविधानसभा चुनावमा सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । यादवले १६ हजार ६ सय ८४ मत प्राप्त गर्नु भएको थियो । तर २०७० सालको चुनावमा सिराहा क्षेत्र नं २ बाट पराजित हुनुभयो । २०६४ सालमा सभाषद भएपछि उहाँ राज्य व्यवस्था तथा अनुगमन समितिको सदस्य हुनुभयो । यसैगरी उहाँले व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा रहेर काम गर्नुभएको थियो । उहाँले रेडक्रसको जिल्ला सभापति सभापति भएर ८ वर्ष काम गर्नुभएको थियो ।
थप उम्मेद्‌वारहरू