उम्मेदवार
राम चन्द्र यादव नेपाली कांग्रेस
रामचन्द्र यादवको जन्म वि.सं २०२८ सालमा सिराहा जिल्लाको सनहीछा गाविसमा भएको हो । हाल उहाँ सिरहाकै फुल्काहाकट्टी गाविसमा बसोबास गर्नुहुन्छ । उहाँको बुवाको नाम रामअवतार यादव र आमाको नाम पारुदेवी यादव हो । यादवका श्रीमती, दुई छोरा र एक छोरी छन् । उहाँले भारतबाट आइए सरहको अध्ययन गर्नुभएको छ । २०४६ सालमा कम्युनिष्ट पृष्ठभूमिबाट राजनीतिमा आएका यादव २०४८ र २०५४ सालमा नेपाली कांग्रेसबाट सिरहाको फुल्काहाकट्टी गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो । यादव सिरहा निर्वाचन क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ को एक÷एक पटक क्षेत्रीय सभापति हुनुभयो । २०६७ सालमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा उम्मेदवारी दिएका यादव १२ मतले पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा सिराहा क्षेत्र नम्बर ४ बाट ८ हजार ८ सय ५ मत ल्याएर विजयी हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू