उम्मेदवार
लिलानाथ श्रेष्ठको जन्म २०१८ साल माघ १५ गते सिरहाको चन्द्रलालपुर वडा नम्बर २ मा भएको हो । उहाँका बुवाको नाम जीतबहादुर श्रेष्ठ र आमाको नाम धनमाया श्रेष्ठ हो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । उहाँले नेपाल ल क्याम्पस काठमाडौंबाट कानुनमा स्नातक गर्नुभएको छ । २०३७ सालमा सप्तरीमा अनेरास्ववियूको जिल्ला सदस्य भएर राजनीतिमा प्रवेश गरेका श्रेष्ठ अनेरास्ववियूबाटै २०४१ सालमा नेपाल ल क्याम्पसको स्ववियू सह–सचिव हुनुभयो । २०४८ सालमा नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सिरहा जिल्ला सचिव भएका श्रेष्ठ २०६२ सालमा नेकपा एमालेको जिल्ला सचिव र २०६६ देखि हालसम्म जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँ २०५४ सालमा सिरहा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित हुनुभएको थियो । उहाँ जिल्ला विकास समिति महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ भने आदिवासी जनजाति महासंघको जिल्ला सल्लाहकार पनि भएर काम गर्नुभयो । २०४५ देखि ०५२ सम्म गैरसरकारी संस्था महासंघको सिरहा जिल्ला अध्यक्ष भएर काम गरेका श्रेष्ठ सिरहाको सिर्जना सामुदायिक विकास केन्द्रको अध्यक्ष हुनुभयो । उहाँ सिरहा गोलबजारको रामप्रताप रामप्रसाद बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्य पनि हुनुभयो । २०७० सालको चुनावमा सिराहा क्षेत्र नम्बर ५ उहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू