उम्मेदवार
पूर्वमन्त्री अजय शंकर नायकको जन्म २०३४ साल भदौ ७ गते सिरहाको बडहरामालमा भएको हो । रामशरण नायक र ईश्वरीदेवी नायकका कान्छा छोरा अजय शंकरका दुई छोरा र एक छोरी छन् । २०७० सालको चुनावमा समानुपातिकतर्फबाट सभाषद भएका नायकले मानविकी तथा समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तक तहसम्मको अध्ययन गर्नुभएको छ । साधारण कार्यकर्ताको स्तरबाट माओवादीको भूमिगत राजनीति सुरू गर्नुभएका उहाँ त्यसअघि माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कर्जन्हा माध्यमिक विद्यालयको कोषाध्यक्ष हुनुहुन्थ्यो । पार्टीको क्षेत्रीय कमिटी सदस्य हुँदै जिल्ला सेक्रेटरी बन्नुभएका उहाँ हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । उहाँ २०५५ सालदेखि भूमिगत हुनुभएको थियो । उहाँका बुवा श्रीराम शरण नायक पूर्वएकता केन्द्रका नेता हुनुहुन्थ्यो । २०६० सालमा एक घाइते माओवादी कार्यकर्तालाई उपचार गर्न लैजाने क्रममा उहाँका बुबा श्रीराम शरण नायकलाई सेनाले सिरहा र धनुषाको सीमाबाट पक्रेर बेपत्ता पारेको थियो ।२ ०७३ साल साउन ३० गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएर समेत काम गर्नु भएको छ ।
थप उम्मेद्‌वारहरू