उम्मेदवार
प्रेमचन्द्र दाहाल नेपाली कांग्रेस
प्रेमचन्द्र दाहाल हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । २०४६ सालदेखि निरन्तर उहाँ नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ । प्रेमचन्द्र दाहालको जन्म २०२२ सालको माघ १० गते सिन्धुलीको दुधौली नगरपालिका –७, मा भएको हो । उहाँले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । त्रिवेणी मावि कटारी उदयपुरबाट एसएलसी उत्तिर्ण प्रमचन्द्रले राजविराज ल क्याम्पस सप्तरीबाट आइएल गर्नुभयो । प्राइभेटबाट बिएल गरेका दाहालले स्नातकोत्तर भने समाजशास्त्रमा सिन्धुली बहुमुखी क्याम्पसबाट गर्नुभयो । उहाँ हाल कमलामाई नगरपालिका –६, सिन्धुलीमा बस्दै आउनु भएको छ ।
थप उम्मेद्‌वारहरू