उम्मेदवार
नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य गणेशप्रसाद पहाडीले २०३९ सालमा अनेरास्ववियू पाँचौमा आवद्ध हुँदै राजनीति सुरु गर्नु भएको हो । उहाँको जन्म २०२७ साल असार ९ गते सिन्धुलीको फिक्कल गाउँपालिका –४, खाङसाङमा भएको हो । २०७० सालको चुनावमा उहाँ सिन्धुली क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो । त्यतिबेला उहाँले १० हजार ९ सय १ मत पाउनु भएको थियो । गणेशप्रसाद पहाडीले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । सुनकोशी मावि फिक्कलमा प्राथमिक तह पढेका पहाडीले पद्मोदय मावि काठमाडौंबाट एसएलसी, पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरमा सिभिल इन्जिनियरिङ र मिनभवन क्याम्पसबाट बिकम गर्नुभयो । पाटन संयुक्त क्याम्पस ललितपुरबाट समाजशास्त्रमा उहाँले स्नातकोत्तर गर्नु भएको हो । हालको बसोबास फिक्कल गाँउपालिका–४ खाङसाङ, सिन्धुलीमा छ ।
थप उम्मेद्‌वारहरू