उम्मेदवार
नरेन्द्र जंग थापा नेपाली कांग्रेस
नेपाली कांग्रेसका नेता नरेन्द्रजंग थापाको जन्म २०१४ साल साउन २३ गते सुनकोशी गाउँपालिकाको थुम्कामा भएको हो । उहाँले प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गर्नु भएको छ । कमला मावि कमलामाईबाट एसएलसी गरेका थापाले महेन्द्र पब्लिक क्याम्पस, काठमाडौंबाट आइए गर्नु भएको हो । २०२८ सालदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीतिमा लागेका थापा पार्टीमा पदमा प्रलोभन नराख्ने नेताका रुपमा परिचित हुनुहुन्छ । यसअघि जिल्ला विकास समितिको सभापति भएर काम गरेको अनुभव थापासँग छ । सिन्धुली २ बाट कांग्रेसको सर्वसम्मत उम्मेदवार बनेका थापा हाल महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू