उम्मेदवार
२०७० सालको चुनावमा सिन्धुली क्षेत्र नम्बर ३ बाट विजयी हरिवोलप्रसाद गजुरेल निर्वाचन क्षेत्र हेरफेर भएसँगै क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको हो । २०७० सालको चुनावमा उहाँले १२ हजार ७ सय ७० मत ल्याउनु भएको थियो । उहाँ ९ महिना कृषि विकास मन्त्री हुनुभयो । गजुरेलले व्यवस्थापन संकायमा स्नातक गर्नु भएको छ । कमला मावि कमलामाई नगरपालिका–४, ढुंग्रेबास सिन्धुलीबाट एसएलसी गरेका गजुरेलले आइकम महेन्द्र रत्न क्याम्पस र बिकम शंकरदेव क्याम्पस काठमाडौंबाट गर्नुभयो । हरिबोल गजुरेलले २०३३ सालमा मोहन विक्रम सिंह नेतृत्वको मसालबाट राजनीति सुरु गर्नु भएको हो ।
थप उम्मेद्‌वारहरू