उम्मेदवार
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मातृकाप्रसाद यादवको जन्म २०१५ साल असोज ३ गते सबैला ५ धनुषामा भएको हो । त्रिवेनी हाई स्कुल उदयपुर कटारीबाट एसएलसी पास गरेका यादवले सूर्यनारायण सत्यनारायण मर्वैता बहुमुखी क्याम्पस, सिरहाबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । २०२८ सालमा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव २०३४ सालको चौथो महाधिवेशनमा मसालमा सामेल हुनु भएको थियो । माओवादी जनयुद्धका बेला उहाँले मधेश व्युरोको नेतृत्व गर्नु भएको थियो । २०६३ सालको अन्तरिम व्यवस्थापिका सांसदमा प्रतिनिधित्व गरेका यादव २०६४ सालको संविधानसभा चुनावमा समानुपातिकबाट सांसद हुनुभएको थियो । २०६३ सालमा वनमन्त्री र २०६५ सालमा भूमिसुधार मन्त्री भएका उहाँ हाल सबैला नगरपालिका वडा नं. २ बस्दै आउनुभएको छ ।
थप उम्मेद्‌वारहरू