उम्मेदवार
आनन्द प्रसाद ढुँगाना नेपाली कांग्रेस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको जन्म २००७ साल कात्तिक १२ गते धनुषाको गोविन्दपुरमा भएको हो । उहाँले अर्थशास्त्रमा स्नातक गर्नु भएको छ । २०२३ सालमा नेपाल विद्यार्थी संघ प्रजातान्त्रिकबाट राजनीति सुरु गरेका ढुंगाना निरन्तर संसद सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ । २०४८, २०५१ र २०५६ को चुनावमा विजयी भएका ढुंगाना २०७० सालको संविधानसभा चुनावमा उहाँ समानुपातिकतर्फबाट सांसद बन्नु भएको थियो । २०५५ सालमा पर्यटन र वनमन्त्री बन्नु भएका ढुंगाना हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू