उम्मेदवार
राम कृष्ण यादव नेपाली कांग्रेस
कृषिमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव २०१९ साल जेठ ३ गते धनुषाको कौरहीमा जन्मिनु भएको हो । बुबा जिवस यादव र आमा जिवछीका छोरा रामकृष्णले स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । २०२९ सालमा नयाँ शिक्षा योजनाको विरोध गर्दै नेपाल विद्यार्थी संघबाट पूर्णकालिन राजनीतिमा लागेका यादव २०३९ सालमा रारा क्याम्पसको स्ववियु उपसभापति हुनुभएको थियो । २०४२ सालमा नेविसंघ जिल्ला सभापति, २०४८ सालमा कांग्रेस क्षेत्रीय सभापति बनेर काम गरेका यादव २०५१ देखि २०५७ सालसम्म जिल्ला सचिव हुनुभयो । २०५७ देखि २०६४ सालसम्म यादवले नेपाली कांग्रेसको जिल्ला सभापति भएर काम गर्नुभएको थियो । २०६४ को संविधानसभा चुनावमा जितेर उहाँ सभासद बन्नुभयो । सभाषद निर्वाचित भइसकेपछि यादवले व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापति भएर काम गर्नुभएको थियो । २०७० सालको चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका यादव ९ हजार ३ सय ७८ मत ल्याएर विजयी हुनुभएको थियो । हाल उहाँ कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू