उम्मेदवार
नेकपा माओवादीको केन्द्रीय सचिवालय सदस्य रामचन्द्र झाको जन्म २०१२ सालमा धनुषाको कमलामाई नगरपालिका ३ मा भएको हो । उहाँले भागलपुर कलेज, बिहार भारतबाट स्नातकोत्तर गर्नु भएको छ । २०३३ सालमा अखिल चौथोबाट राजनीतिमा लागेका नेता झा बिभिन्न पार्टी हुँदै अहिले माओवादी केन्द्रमा आवद्ध हुनुहुन्छ । नेकपा एमालेबाट माओवादीमा गएका झा नयाँ शक्ति हुँदै फेरि नेकपा माओवादी केन्द्रमा फर्किनु भएको हो । २०५१ सालमा नेकपा एमालेबाट सांसद बनेका झा २०६४ सालमा पनि नेकपा एमालेबाटै विजयी हुनु भएको थियो । २०६५ सालमा उहाँ स्थानीय विकास मन्त्री हुनुभयो । २०७० सालको चुनावमा पनि एमालेबाटै विजयी भएका झा नयाँ शक्ति पार्टी गठनसँगै एमाले छाड्नु भएको थियो ।
थप उम्मेद्‌वारहरू