उम्मेदवार
नेकपा माओवादी केन्द्रका नेता रामसिंह यादवको जन्म २०२६ मंसिर १७ गते धनुषाको मखनाहा ६ गोविन्दपुरमा भएको हो । केही दिनअघिसम्म स्वास्थ्य राज्यमन्त्री रहेका यादव हाल विनाविभागीय मन्त्री हुनुहुन्छ । २०४२ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै उहाँले राजनीति सुरु गर्नु भएको हो । राजविराज क्याम्पस स्ववियु कोषाध्यक्ष र विभिन्न गैरसरकारी संस्थाहरुमा समेत उहाँले काम गर्नु भएको छ । २०७० सालको चुनावमा माओवादीबाट समानुपातिक सांसद हुनुभएको थियो । नेकपा माओवादी केन्द्रका नेता यादव हाल जनकपुर उपमहानगरपालिका–८ मा बस्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू