उम्मेदवार
राजपाको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोको जन्म २०१५ साल मंसिर ४ गते बबरगञ्ज ८, सर्लाहीमा भएको हो । उहाँका बुबाको नाम खोभारी महतो र आमाको नाम राजकुमारीदेवी महतो हो । महतोका एक छोरी र एक छोरा छन् । उहाँले मानविकी संकाय र कानून विषयबाट स्नातकोत्तर गर्नुभएको छ । महतोले २०४६ सालदेखि राजनीति सुरु गर्नुभएको हो । यसअघि महतो सद्भावना पार्टीका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०६४ सालको चुनावमा सर्लाही क्षेत्र नम्बर ४ बाट तमलोपाका उम्मेदवार रामचन्द्र राय यादवलाई पराजित गर्दै विजयी हुनु भएको थियो । तर २०७० सालको चुनावमा उहाँ यही क्षेत्रमा पराजित हुनुभयो । महतोले आपूर्ति, स्वास्थ्य लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
थप उम्मेद्‌वारहरू