उम्मेदवार
विमलेन्द्र निधि नेपाली कांग्रेस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिको जन्म २०१३ साल असोज १० गते धनुषाको नगराईनमा भएको हो । मानविकीमा स्नातकोत्तर गरेका नेता बिमलेन्द्र नेपाली कांग्रेसका पुराना नेता महेन्द्रनारायण निधिका छोरा हुनुहुन्छ । उहाँकी आमाको नाम प्रेमसागरी निधि हो । २०२५ सालदेखि राजनीति सुरु गरेका निधी नेपाली कांग्रेसको महामन्त्री भैसक्नु भएको छ । उहाँले उपप्रधान तथा गृहमन्त्री, सामान्य प्रशासन मन्त्री, उद्योग तथा वाणिज्य मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, भौतिक पूर्वधार तथा यातायात मन्त्रीको कार्यभार सम्हालिसक्नुभएको छ । राजनीतिका क्रममा उहाँ झण्डै ६ वर्ष जेल पर्नुभएको थियो । २०५६ सालमा पहिलो पटक सांसद भएका निधी २०६४ र २०७० को संविधानसभा चुनावमा लगातार विजयी हुनुभएको थियो । निधिका दुई छोरा छन् ।
थप उम्मेद्‌वारहरू