उम्मेदवार
नेकपा एमालेका नेता रघुवीर महासेठको जन्म २०१६ साल साउन २२ गते मिथिलेश्वर १, धनुषामा भएको हो । मखन र मायावती महासेठका छोरा रघुवीरका एक छोरी र एक छोरा छन् । महासेठ सिभिल इन्जिनियरिङमा स्नातक हुनुहुन्छ । महासेठले २०३३ सालमा तत्कालिन नेकपा मालेको पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । उहाँ २०६४ सालमा भएको संविधानसभाको चुनावमा धनुषा क्षेत्र नम्बर ४ बाट पराजित महासेठ त्यसपछि धनुषा ५ मा भएको उपचुनावमा भने विजयी हुनु भएको थियो । २०७० सालको चुनावमा क्षेत्र नं ५ बाटै उम्मेदवार बनेका महासेठ पराजित हुनुभयो । महासेठ नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा सिंचाई मन्त्री हुनुहुन्थ्यो । राजनीतिका क्रममा झण्डै १८ महिना जेल पर्नुभयो ।
थप उम्मेद्‌वारहरू