उम्मेदवार
गिरिराजमणि पोखरेलको जन्म वि.सं.२०१५ साल फाल्गुण २४ गते खार्पा, खोटाङमा भएको हो । उहाँका बुबाको नाम चन्द्रमणी र आमाको नाम कनककुमारी पोखरेल हो । पोख्रेलले व्यवस्थापन र कानुन संकायबाट स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । पोखरेलले २०३६ सालदेखि राजनीति सुरु गर्नुभएको हो । उहाँ २०६४ सालमा भएको संविधानसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट १० हजार १ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अरुणकुमार सिंहले ८ हजार ८ सय ४६ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेसका कमलकुमार ढुंगेलले ६ हजार ६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उहाँ २०७० सालको चुनावमा पनि महोत्तरीबाटै विजयी हुनुभएको थियो । पोखरेल गणतन्त्र स्थापना भएपछि बनेको एकीकृत नेकपा माओवादी नेतृत्वको संयुक्त सरकारमा स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँ २०७२ सालमा शिक्षामन्त्री र २०७४ सालको जेठमा स्वास्थ्यमन्त्री हुनुभयो । पोखरेल पार्टीमा पछिल्लो समयका प्रभावशाली नेता मध्येका एक हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू