उम्मेदवार
सिताराम भण्‍डारी नेपाली कांग्रेस
२००४ साल असार १३ गते महोत्तरीको औरही –८, मा जन्मेका सीताराम भण्डारी हाल महोत्तरी भरतपुर –८, मा स्थाई बसोबास गरिरहनु भएको छ । उहाँका बुवाको नाम भुवनेश्वर र आमाको नाम लक्ष्मी देवी भण्डारी हो । भण्डारीले भारतको दरभंगाबाट स्नातक तह उत्तीर्ण गर्नुभएको छ । वि.सं. २०२२ सालदेखि नेविसंघको सदस्यता लिएर राजनीति थालेका भण्डारी त्यसयता निरन्तर नेपाली कांग्रेसमा क्रियाशील भएर राजनीति गरिरहनु भएको छ । नेपाली कांग्रेस, महोत्तरी जिल्ला सभापति समेत भइसकेका भण्डारी हाल पार्टीको महासमिति सदस्य हुनुहुन्छ । भण्डारी २०६४ को संविधानसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर ६ बाट त्यतिबेला मधेसी जनअधिकार फोरम, नेपालमा रहेका र हाल राष्ट्रिय मधेस समाजवादी पार्टीका शरत सिंह भण्डारीसँग २१ मतले पराजित हुनु भएको थियो । तर २०७० सालको चुनावमा भने उहाँ महोत्तरी ६ बाट ९ हजार ४ सय मतसहित विजयी हुनुभयो । अहिले उहाँ नेपाली कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू