उम्मेदवार
तराईका पूराना नेतामध्ये शरत सिंह भण्डारी पनि एक हुनुहुन्छ । उहाँको जन्म २०१२ सालमा महोत्तरीको औरहीमा भएको हो । पदम विद्या सदन ललितपुरबाट एसएलसी पास गरेका भन्डारीले अमृत साइन्स क्याम्पसबाट आइएस्सी र त्रिचन्द्र कलेजबाट बिएस्सीसम्मको अध्ययन पूरा गर्नुभएको छ । २०३३ सालमा नेपाल विद्यार्थीमार्फत सक्रिय राजनीति सुरु गरेका भण्डारी कुनै बेला नेपाली कांग्रेसका तराईको प्रभावशाली नेता मानिनुहुन्थ्यो । २०६४ सालको चुनावमा महोत्तरीको क्षेत्र नम्बर ६ बाट चुनाव जितेका भण्डारी त्यसैबेला रक्षामन्त्री पनि हुनुभएको थियो । नेपाली कांग्रेस छाडेका नेता शरत सिंह भण्डारी अहिले राजपा अध्यक्ष मण्डलका सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू