उम्मेदवार
राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरको जन्म २००४ सालमा महोत्तरीको इकारियामा भएको हो । राजनीतिक थलोका रुपमा लामो समय सर्लाहीमा बिताएका ठाकुरले निरन्तरको पराजयपछि निर्वाचन क्षेत्र परिवर्तन गर्नु भएको छ । निरन्तर सर्लाहीबाट उठ्दै आएका ठाकुर यो चुनावमा महोत्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नु भएको हो । यसअघि २०६४ र २०७० सालको चुनावमा उहाँ सर्लाही ६ बाट पराजित हुनु भएको थियो । २०७० सालको चुनावमा सर्लाही ६ बाट उठेका ठाकुर कांग्रेसका अमरेशकुमार सिंहसँग पराजित भएका थिए । २०६४ सालमा पनि उहाँ तत्कालीन मधेशी जनाधिकार फोरमका उम्मेदवार शिवपूजन रायसँग पराजित हुनु भएको थियो । यस पटक पनि उहाँलाई समानुपातिकमा सिफारिस गरिएको थियो तर सूचि सच्याउने क्रममा ठाकुरले प्रत्यक्ष उम्मेदवार बन्ने निर्णय गर्नुभएको थियो । यसअघिका चुनावमा उम्मेदवार बनेका ठाकुर मतदानमा भने सहभागी हुनु भएको थिएन । २०७० को चुनावमा ठाकुरले उम्मेदवार भए पनि आफैलाई भोट दिनु भएन । स्थानीय तहको चुनावमा सर्लाहीको मलंगवा –८, का मतदाता ठाकुर भोट हाल्ने अघिल्लो दिन नै काठमाडौं फर्किनु भएको थियो । नेपाली कांग्रेस छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका ठाकुर तमलोपाको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नु भएको छ ।
थप उम्मेद्‌वारहरू