उम्मेदवार
महेन्‍द्र कुमार राय नेपाली कांग्रेस
महेन्द्रकुमार राय यादवको जन्म २०११ सालमा श्रीपुर कविलासा महोत्तरीमा भएको हो । बुवा स्व. रामपरीक्षण र आमा स्व. सागरदेवीबाट जन्मेका यादवका दुई छोरा र दुई छोरी छन् । भारतबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका यादव वि.सं. २०२८ सालदेखि नेपाली कांग्रेसमा क्रियाशील हुनुहुन्छ । उहाँ २०५६ सालको चुनावमा महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो । उहाँ उद्योग सहायक मन्त्री बन्नुभएको थियो । उहाँ जिल्ला विकास समिति महोत्तरीको उपसभापति समेत भइसक्नु भएको छ । २०६४ सालको संविधानसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर २ बाट चुनाव लडेका यादव मधेशी जनअधिकार फोरमका हरिनारायण यादवसँग पराजित हुनुभएको थियो । हरिनारायण यादवले ७ हजार ४ सय ५७ मत प्राप्त गर्नुभएको थियो भने महेन्द्रकुमारले ५ हजार ६ सय ७४ मत प्राप्त गर्नुभएको थियो । हाल नेपाली कांग्रेसको महासमिति सदस्य रहेका यादव तीन कार्यकालदेखि कांग्रेसको महोत्तरी जिल्ला सभापति हुनुहुन्छ । २०५६ सालमा उद्योग वाणिज्य तथा आपूर्ति सहायक मन्त्री ।
थप उम्मेद्‌वारहरू