उम्मेदवार
सर्लाही १ नम्बर क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेले टिकट पाएको छ । गठबन्धनको तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष धुब्रप्रसाद गौतमले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनु भएको छ । ध्रुवप्रसाद गौतमको जन्म विं.स. २०१८ साल माघ २४ गते जलकन्या, सिन्धुलीमा भएको थियो । उहाँको बुवाको नाम सूर्यप्रसाद गौतम हो भने आमाको नाम चन्द्रमाया गौतम हो । २०३४ सालबाट राजनीतिमा सक्रिय भएका गौतम पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नु भएको हो । सर्लाहीको लालबन्दी घर भएका गौतमले नेकपा एमालेको तर्फबाट सर्लाहीमा एउटा मात्र निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको लागि टिकट पाउनु भएको हो । जनकपुरको आरआर क्याम्पसबाट व्यवस्थापनमा प्रमाणपत्र तह उत्तीर्ण गौतमा सर्लाहीको जिविस सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै एमालेका जिल्ला उपाध्यक्ष पनि हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू