उम्मेदवार
शम्भु लाल श्रेष्ठ नेपाली कांग्रेस
सर्लाही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका लागि शम्भुलाल श्रेष्ठलाइ टिकट दिइएको छ । उहाँको जन्म विक्रम संवत २०१८ साल पुष १२ गते सर्लाहीको पत्थरकोटमा भएको थियो । उहाँको बुवा गोपीलाल श्रेष्ठ र आमा कृष्णमाया श्रेष्ठ हुनुहुन्छ । उहाँले व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । नेपाली कांग्रेसमा बसेर लामो समय राजनीति गर्नुभएका श्रेष्ठ सर्लाहीको तत्कालीन पत्थरकोट गाविसको अध्यक्ष हुँदै मन्त्री समेत भइसक्नु भएको छ । नेपाली कांग्रेसमा बसेर राजनीति गर्दा कुनै अवसर नमिलेको भन्दै २०७० को संविधानसभा चुनावमा कांग्रेस छाडेर एमाओवादीमा प्रवेश गर्नुभयो । एमाओवादीका तर्फबाट चुनावमा होमिनुभएका श्रेष्ठले एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पराजित गर्दै संविधानसभा सदस्यका लागि सर्लाही १ बाट संविधानसभा सदस्यका लागि निर्वाचित हुनुभयो । उहाँले माओवादीमा रहँदा उर्जा राज्यमन्त्री पाउनु भएको थियो । नेपाली कांग्रेसमा प्रवेश गरेको केही दिनमा नै उहाँले अहिले पशुपन्छी मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । यस पटकको चुनावमा वाम तालमेल गर्दा सर्लाही १ एमालेको भागमा परेपछि आफूले टिकट नपाउने पक्का भएपछि माओवादी केन्द्र छोडेर फेरि पूरानै पार्टी कांग्रेसमा प्रवेश गर्नुभयो । उहाँले अन्ततः कांग्रेसबाट टिकट पाउनुभयो ।
थप उम्मेद्‌वारहरू