उम्मेदवार

राजपा  नै छाडेर आएका अर्का जिल्ला अध्यक्ष मण्डलका नेता दिनेश यादवले पनि वाम गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि  टिकट पाउनु भएको छ । उहाँको जन्म विक्रम संवत २०३० सालमा सर्लाहीको मलंगवामा भएको थियो । उहाँको बुवाको नाम रामस्वरुप राय यादव र आमाको नाम कौसल्यादेवी यादव हुनुहुन्छ । उहाँले प्रमाणपत्र तहसम्म अभ्ययन गर्नुभएको छ । उहाँ राष्ट्रिय समाजवादी पार्टी हुँदै राजपाको जिल्ला अध्यक्ष हुनुभएको थियो । पछिल्लो समय उहाँ राजपाबाट माओवादी प्रवेश गर्नुभएको हो । यादव एमाले माओवादी गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । नेता यादवले माओवादीको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।

थप उम्मेद्‌वारहरू