उम्मेदवार

राजपाका अध्यक्ष मण्डलका नेता महिन्द्र राय यादवले सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको जन्म विक्रम संवत २०११ साल वैशाख २ गते सर्लाहीको हरिपुर्वामा भएको थियो । उहाँको बुवाको नाम शुभकरण यादव र आमाको नाम पुलियादेवी यादव हो ।

२०७० सालको संविधानसभा चुनावमा पनि सोही क्षेत्रबाट तराइृ मधेश सदभावना पार्टी तमसपाबाट संविधानसभा सदस्यका लागि निर्वाचित हुनुभएको थियो । सर्लाहीमा राजपा अध्क्षय मण्डलका नेताहरुले चुनावी प्रतिस्पर्धा गर्ने चर्चा चले पनि नेता महिन्द्र राय एक मात्र राजपा अध्यक्ष मण्डलका नेता सर्लाही बाट चुनावी मैदानमा प्रतिस्पर्धामा रहनुभएको छ ।

पटकपटक ठूला मन्त्रालयको जिम्मेवारी पाइसक्नु भएका नेता रायलाई यस पालीको चुनाव भने त्यती सजिलो नहुने अनुमान गरिएको छ । २०५१ सालमा नेकपा एमालेबाट सर्लाही १ मा विजयी भएका यादव यातायात राज्यमन्त्री बन्नुभएको थियो । उहाँले एसएलसी पास गर्नुभएको छ ।

 

थप उम्मेद्‌वारहरू