उम्मेदवार
राजपाको तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ मा संघीय समाजवादी फोरम नेपालका नेता अशोक कुमार सिंह कोईरीको प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी परेको छ । बुवा भुवेन्द्र प्रसाद सिंह र आमा रासादेवीबाट जन्मनुभएका उहाँको जन्म विक्रम संवत २०२८ साल भदौ १२ गते सर्लाहीको बरहथवामा भएको थियो । उहाँले भारतको पटनाबाट स्नातक तहसम्मको शिक्षा हासिल गर्नुभएको छ । पेशाले व्यवसायी महतो २०६४ सालको मधेश आन्दोलनपछि मात्र राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले सर्लाही ३ बाट २०६४ र ७० मा भएको संविधानसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा गर्नु भएको थियो । दुबै चुनावमा पराजित हुनु भएका नेता महतो यस पल्टको चुनावमा पनि सोही क्षेत्रबाट राजपासँगको गठवन्धनबाट प्रतिनिधिसभा सदस्यको लागि टिकट पाउनु भएको छ । उहाँ संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू