उम्मेदवार
हरेश प्रसाद महतो नेपाली कांग्रेस
सर्लाही ३ मा नेपाली कांग्रेसका तर्फबाट हरेशप्रसाद महतोले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । उहाँको जन्म विक्रम संवत २०२८ साल पुष १५ गते सर्लाहीको बरहथवामा भएको थियो । उहाँको बुवाको नाम सुरेन्द्र महतो कोइरी र आमाको नाम रामजोती देवी हो । उहाँले जनकपुर क्याम्पसबाट व्यवस्थापनमा प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । महतो यसअघि २०७० सालमा भएको संविधानसभा सदस्यका लागि समानुपातिक तर्फका संविधानसभा सदस्य हुनुहुन्थ्यो । २०६४ सालमा साविकको सर्लाहीको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका महतो तमलोपाका उम्मेदवार सुमित्रादेवी यादवसँग पराजित हुनुभएको थियो । सर्लाहीको बरहथवा घर भएका नेता महतो २०४१ सालदेखि राजनीतिमा लाग्नुभएको हो ।
थप उम्मेद्‌वारहरू