उम्मेदवार
सर्लाही क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको नेतृत्व गर्दै माओवादी केन्द्रका नेता रामेश्वर राय यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । उहाँको जन्म विक्रम संवत २०१२ साल साउन ५ गते सर्लाहीको मलंगवामा भएको हो । उहाँको बुवाको नाम बिलट राय र आमाको नाम प्यारी देवी हो । उहाँले नेपाल ल क्याम्पस काठमाडौंबाट बिएल गर्नुभएको छ । नेपालको राजनीतिक परिवर्तनसँगै यादव सरकारी जागिर छाडेर उहाँ २०४१ सालमा सद्भावना पार्टीमा प्रवेश गर्नुभएको हो । उहाँ २०५२ मा कानुन मन्त्री र पछि समाजकल्याण र वनमन्त्री बनिसक्नु भएको छ । २०६४ को मधेश अन्दोलनसँगै उहाँ मधेसी जनअधिकार फोरममा आइपुग्नु भयो । उहाँ २०७० सालमा समानुपातिकतर्फबाट सभाषद बन्नुभएको थियो । फोरम भित्रको विवादसँगै नेता राय विजय कुमार गच्छदारको लोकतान्त्रिक फोरममा पुग्नुभयो । उहाँले लोकतान्त्रिक फोरममा पार्टीको वरिष्ठ उपाध्यक्ष पद पाउनुभयो । वरिष्ठ उपाध्यक्ष रहेका राय गत स्थानीय तह निर्वाचनताका माओवादी केन्द्रमा प्रवेश गरेपछि उहाँको राजनीति एकाएक फेरियो र उहाँले नवप्रवेशी नेताकै हैसियतमा सर्लाहीको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट पाउनुभयो । राजपा नवप्रवेशी नेताले टिकट पाएपछि पूराना नेता कार्यकर्ताहरुमा केही निराशा छाएको छ ।
थप उम्मेद्‌वारहरू