उम्मेदवार
एमाले माओवादी गठबन्धनबाट यस क्षेत्रमा माओवादीका नवप्रवेशी उम्मेदवार शिव पुजन रायले प्रतिनिधिसभा सदस्यको लागि टिकट पाउनुभएको छ । उहाँको जन्म विक्रम संवत २०२६ सालमा सर्लाहीको रामनगरमा भएको थियो । उहाँको बुवाको नाम अमेरी राय र आमाको नाम बुद्धिदेवी राय हो । उहाँले एसएलसीसम्मको शिक्षा हासिल गर्नुभएको छ । लामो समय मधेश केन्दित दलमा सक्रिय रहनु भएका राय यादव माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । राय राजपाका केन्द्रीय सदस्य समेत भैइसक्नु भएको छ । मधेश आन्दोलनबाट राजनीति सुरु गर्नुभएका नेता राय २०६४ सालमा भएको संविधानसभा सदस्यको लागि फोरम नेपालको तर्फबाट साविकको क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनुभएको थियो । उहाँले संविधानसभा सदस्य हुँदा आफूले पाएको राहादानी दुरुपयोग गरेको आरोप खेप्दै आउनुभएको छ । चुनावका बेला पार्टी फेरेका रायले सजिलै टिकट पाउनुभयो ।
थप उम्मेद्‌वारहरू