उम्मेदवार
राजपाबाट सर्लाही क्षेत्र नम्बर ४ मा राकेश मिश्रले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्नुभएको छ । उहाँको जन्म विक्रम संवत २०३० सालमा सर्लाहीको कौडेना गाउँपालिकामा भएको थियो । उहाँको बुवाको नाम बालकिश्वर मिश्र र आमाको नाम झमासिला देवी हो । उहाँले राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गनुभएको छ । उहाले संघीय समाजवादी फोरम नेपालको गठबन्धनमा उम्मेदवारी दिनुभएको हो । मिश्र सञ्चार क्षेत्रसँग आवद्ध हुनुहुन्छ । २०४६ सालमा राजनीतिक यात्रा सुरु गरेका मिश्र सदभावना, तमलोपा हुँदै हाल राजपा सह–महामन्त्री हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू