उम्मेदवार
नेपाली कांग्रेसका उम्मेदवार सिंहले फेरि सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको लागि टिकट पाउनुभएको छ । उहाँ २०७० सालमा भएको संविधानसभा सदस्य चुनावमा साविकको सर्लाही क्षेत्र नम्बर ६ बाट संविधानसभा सदस्यका लागि निर्वाचित सांसद हुनुहुन्थ्यो । उहाँको जन्म विक्रम संवत २०२७ सालमा सर्लाहीको बलरा नगरपालिकामा भएको थियो । उहाँको बुवाको नाम रामसागर सिंह र चन्द्रमादेवी सिंह हो । उहाँले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गर्नुभएको छ । विभिन्न शिक्षण संस्थामा प्राध्यापन गरेका उहाँ २०५४ सालदेखि राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ २०४६ सालको जनआन्दोलन र ०६२/०६३ को दोस्रो जनआन्दोलनमा उहाँले बन्दी जीवन बिताउनुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार सिंह २०६४ सालको संविधानसभा चुनावमा सोही क्षेत्रबाट तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका उम्मेदवार शिवपुजन रायसँग पराजित हुनुभएको थियो । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर पनि सोही क्षेत्रबाट तत्कालीन तमलोपाबाट चुनावमा प्रतिस्पर्धा गर्नु भएको थियो । नेता ठाकुरले नेपाली कांग्रेस छाडेर मधेश केन्द्रित दलमा प्रवेश गरेपछि त्यसै निर्वाचन क्षेत्र नेता सिंहको लागि सहज बनेको हो । २०६४ सालमा सँगै चुनावमा प्रतिस्पर्धा गर्नु भएका वाम गठबन्धनका उम्मेदवार राय र नेपाली कांग्रेसका उम्मेदवार सिंहबीच फेरि कडा टक्कर हुने देखिएको छ
थप उम्मेद्‌वारहरू