उम्मेदवार
माओवादी नेता जनार्दन शर्माका सहोदर भाइ अनिल शर्माको जन्म २०३९ साल जेठ १० गते रुकुममा भएको हो । शर्माले २०४८ सालमा अनेरास्ववियु क्रान्तिकारीको बाल संगठनमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएको हो । २०५३ सालमा तत्कालीन नेकपा माओवादीको पार्टी सदस्यता लिएसँगै पूर्णकालीन राजनीतिक जीवनको सुरु गरेका अनिल अहिले अखिल क्रान्तिकारीको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । गाउँकै स्कुलबाट एसएलसी पास गरेका शर्माले राजनीतिशास्त्र र पत्रकारितामा स्नातक पास गर्नुभएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको समयमा पार्टीले दिएको विभिन्न जिम्मेवारीलाइ शर्माले कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँ उज्यालो नेपालका अभियन्ता समेत हुनुहुन्छ । दाजु ऊर्जामन्त्री हुँदा शर्मा लोडसेडिङ अन्त्यका लागि खटिनुभएको थियो । हाल शर्मा काठमाडौं स्थित थापागाउँ, बानेश्वरमा बस्दै आउनुभएको छ ।
थप उम्मेद्‌वारहरू