उम्मेदवार
बामपन्थी गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठको जन्म २०२२ साल साल पुस १५ गते काठमाडौंको स्वयम्भूमा भएको हो । आमा वसन्तमाया र बुबा कृष्णरामका छोरा उहाँले व्यवस्थापनमा स्नातक गर्नुभएको छ । १४ वर्षको उमेरदेखि नै राजनीतिमा होमिएका जीवनराम ०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित हुनुभएको थियो । त्यसै बेलादेखि भूमिगत नेकपा मालेको सम्पर्कमा पुग्नुभएका उहाँले क्रमशः पार्टीको वडा, नगर, इलाका, जिल्ला र उपत्यकाको नेतृत्व पूरा गर्नुभएको छ । ०४३ सालमा काठमाडौं वडा नम्बर १५ मा पार्टी सचिवका रुपमा जिम्मेवारी लिएर पञ्चायत व्यवस्था विरोधी आन्दोलनमा सक्रिय हुनुभएका उहाँ ०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापनादेखि नै सक्रिय हुनुभयो । प्ररायुसंघको नगर र जिल्लाको नेतृत्व गर्दै ०४८ सालमा पार्टीको केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । ०४९ सालमा काठमाडौं वडा नम्बर १५ का वडाध्यक्ष निर्वाचित भएर जिम्मेवारी पूरा गरेका उहाँले ०५३ सालमा राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव हुनुभयो । ०६३ सालमा पुनः दोस्रो पटक पनि उहाँ सदस्य सचिव हुनुभयो । हाल उहाँ एमाले केन्द्रीय सदस्य र काठमाडौं जिल्ला इञ्चार्ज रहनुभएको छ । नेपाल ओलम्पिक कमिटीको महासचिव, नेपाल स्की संघका अध्यक्ष, ओलम्पिक कमिटीका अध्यक्ष रहनुभएका उहाँ दोस्रो पटक उम्मेदवार बन्नुभएको हो ।
थप उम्मेद्‌वारहरू