उम्मेदवार

विगत ४ वर्षदेखि वैकल्पिक पार्टी निर्माणमा सक्रिय मिलन पाण्डे सामाजिक र राजनीतिक अभियन्ता हुनुहुन्छ । शिक्षण तथा इन्जिनियरिङ कन्सल्टेन्सी पेशामा संलग्न पाण्डे सिभिल इन्जिनियरिङका विद्यार्थी हुनुहुन्छ । ‘पुरानै असक्षम नेतृत्व तथा शैलीले फरक नतिजा ल्याउन सक्दैन’ भन्दै उहाँले सुसंस्कृत राजनीति, सक्षम तथा नयाँ पुस्ताको नेतृत्वको लागि वकालत गर्दै आउनु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ९ मै जन्मेका र पढेका पाण्डेले स्थानीय संस्कृति तथा सम्पदा संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ ।

थप उम्मेद्‌वारहरू