उम्मेदवार
ध्यान गोविन्द रंजित नेपाली कांग्रेस
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले नेपाली कांग्रेसका सभापति विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा रहेको दुई तिहाई बहुमतसहितको सरकारलाई सैनिक बलद्वारा अपदस्त गर्दा कालो झण्डा बोकेर सडकमा उत्रेका थोरै कार्यकर्तामा पर्नुहुन्छ, ध्यान गोविन्द रञ्जित । राजाको शासनका विरोधमा लागेकाले राजद्रोहको आरोपमा जेल, नेल, भूमिगत र प्रवास भोगेका रञ्जितले उच्च शिक्षा जन प्रशासन र कानूनमा स्नातक साथै राजनीति शास्त्रमा स्नातकोत्तरसम्म जेलभित्रैबाट प्राप्त गर्नुभएको थियो । काठमाडौंमा नारायण गोविन्द र मोहनदेवीको कोखबाट जन्मेर कांग्रेसी अग्रजहरुका संगत गरेका राजनीतिमा होमिएका रञ्जितलाई मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनापछि नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको सभापति बनाइयो । एमालेले काठमाडौंका सम्पूर्ण संसदीय क्षेत्रमा विजयी हासिल गरिरहेको अवस्थामा उहाँकै नेतृत्वमा पहिलो पटक कांग्रेसले काठमाडौंका बहुमत क्षेत्रमा विजयी हासिल ग¥यो । २०१४ मा भएको भद्र अवज्ञा आन्दोलनबाट राजनीति सुरु भर्नुभएका उहाँ नेपाल विद्यार्थी संघका संस्थापक हुनुहुन्थ्यो । रञ्जितले एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै दुईपटक संविधानसभामा निर्वाचित हुनुभयो । अहिले तेस्रो पटक उहाँ फेरि कृष्णगोपाल श्रेष्ठसँग नै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू