उम्मेदवार
मदन बहादुर अमात्य नेपाली कांग्रेस
मदन बहादुर अमात्यको जन्म २००७ साल कात्तिकमा मकवानपुरको भिमफेदीमा भएको हो । उहाँका बुवाको नाम हरिबहादुर अमात्य र आमाको नाम रुक्मिणी अमात्य हो । उहाँका एक छोरा र एक छोरी छन् । उहाँले अर्थशास्त्रमा स्नातक गर्नु भएको छ । अमात्यको २०२३ सालमा अखिलबाट राजनीति यात्रा सुरु गर्नुभएको हो । सुरुमा कम्युनिष्ट विचारधारको समर्थन गर्ने अमात्य २०२७ साल वैशाख १ गते नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । उहाँ २०७२ सालमा नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापति समेत हुनुभएको थियो । अमात्यलाई कांग्रेसमा सभापति शेरबहादुर देउवाको निकट मानिने गरेको छ । उहाँ दोस्रो संविधानसभा चुनावमा ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू