उम्मेदवार
२०१९ साल साउनमा अर्घाखाँची किमडाँडा –५, आँपखोलामा पम्फा भुसालको जन्म भएको हो । ‘विद्युत’ उपनामले चिनिने भुसालको ५ दिदीबहिनी र एक भाइ छन् । उहाँ चाहिँ साहिँली हुनुहुन्छ । पहिलो संविधानसभा चुनावबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत ललितपुर ३ बाट विजयी संविधानसभा सदस्य पम्फा भुसाल माओवादी केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँ २०७० सालमा भने चुनाव बहिस्कार गर्ने मोहन वैद्य किरण नेतृत्वको दलमा हुनुहुन्थ्यो । भुसालले विक्रम संवत २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति यात्रा सुरु गर्नुभएको थियो । पम्फा भूसाल ०५० सालमा संयुक्त जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष हुनु भएको थियो । उहाँ माओवादी केन्द्रका प्रवक्ता समेत हुनुहुन्छ । उहाँ २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य बन्नुभएको थियो । फुर्सदको बेला सामाजिक तथा राजनैतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल समाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउनुहुन्छ । औसत नेपाली भन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसाल ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्यूरो सदस्य बन्नुभएको हो । उहाँ माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम सरकारमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बन्नु भएको थियो ।
थप उम्मेद्‌वारहरू