उम्मेदवार
नेपाली कांग्रेसका नेता तिर्थबहादुर लामाको जन्म विक्रम संवत २०३१ सालको असोजमा रोशी गाउँपालिका, सिपाली चिलाउनेमा भएको हो । नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका लामाले प्रविणता प्रमाणपत्र तहसम्म्को अध्ययन पुरा गर्नु भएको छ । मंगलजन विजय माविबाट एसएलसी उत्तीर्ण लामाले आरआर क्याम्पस काठमाडौंबाट आइए गर्नुभयो । २०४६ सालमा अखिल छैटौंबाट राजनीति सुरु गरेका तिर्थबहादुर बिचमा निष्क्रिय हुनु भएको थियो । २०६४ सालमा नेपाली कांग्रेसमा प्रवेश गर्दै राजनीति सुरु गरेका तिर्थबहादुर त्यसै वर्ष क्षेत्र नम्बर १ को क्षेत्रीय उपसभापति हुनुभयो । २०७० सालको चुनावमा यसै क्षेत्रबाट उठेका लामा १२ हजार २ सय ७० मत ल्याएर विजयी हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू